बालेन नेतृत्वमा नेपाल-भारत सम्बन्धलाई नयाँ रूप दिने अवसर

बालेन नेतृत्वमा नेपाल-भारत सम्बन्धलाई नयाँ रूप दिने अवसर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल र भारत बीचको सम्बन्धलाई पुनर्परिभाषित गर्ने ऐतिहासिक अवसर अहिले देखिएको छ ।

नेपालमा बालेन शाहको उदयसँगै दुई देशको सम्बन्ध विस्तार गर्ने र पुनर्परिभाषित गर्ने ऐतिहासिक अवसर अहिले देखिएको हो ।

प्रसिद्ध नाटककार विलिमय शेक्सपियरको नाटक जुलियस सिजरमा ब्रुटसले व्यक्त गरेको एउटा प्रसिद्ध भनाइले जीवनमा त्यस्ता निर्णायक र क्षणिक अवसरहरू हुने संकेत गर्छ, जब सम्भावना आफ्नो उच्चतम बिन्दुमा पुग्छ ।

ब्रुटस भन्छन्, ‘यी अवसरहरूलाई समयमै समात्न सकियो भने सफलता प्राप्त हुन्छ, तर ढिला गरियो वा हिचकिचाइयो भने असफलता वा सामान्यतामा सीमित हुनुपर्छ ।’

नयाँ राजनीतिक परिवर्तन र जनसमर्थन

हालैको निर्वाचन परिणामले नेपालमा गहिरो राजनीतिक परिवर्तनको संकेत दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय र व्यापक जनसमर्थनले परम्परागत दलहरूलाई अस्वीकार गरिएको जनआकांक्षा स्पष्ट देखिएको छ ।

यो परिवर्तन केवल सत्ता परिवर्तन मात्र होइन । भ्रष्ट्राचार र नातावादबाट मुक्त शासनको चाहना, आर्थिक अवसर र रोजगारीको अपेक्षा र लोकतान्त्रिक सुशासनप्रतिको प्रतिबद्धतालाई पनि प्रतिनिधित्व गर्छ ।

चुनौतीपूर्ण बाटो

यद्यपि नयाँ नेतृत्वका लागि अगाडिको बाटो सहज छैन । सम्भावित प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा आउने नयाँ सरकारका लागि संस्थागत सुधार, सुशासन स्थापना, आर्थिक पुनरुत्थान जस्ता ठूला चुनौती हुनेछन् । यसबीच, एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार पतनपछि भएको आन्दोलन र त्यसपछिको शान्तिपूर्ण निर्वाचनले नेपालले कठिन परिस्थितिमा पनि लोकतान्त्रिक क्षमता देखाएको छ ।

नेपालप्रति विश्वको दृष्टिकोण

लामो समयदेखि नेपाललाई राजनीतिक अस्थिरताको दृष्टिले हेरिएको भए पनि अहिलेको परिवर्तनले नयाँ आशा जगाएको छ ।

नेपालले सामन्ती संरचनाबाट अर्थपूर्ण लोकतन्त्रतर्फको यात्रा गर्दै आएको छ । र यसका लागि अन्तर्राष्ट्रिय समर्थन. सम्मानजनक सहकार्य र गैर–हस्तक्षेपकारी सहयोग अत्यावश्यक छन् ।

सम्बन्ध पुनर्संरचना गर्ने अवसर

नेपाल–भारत सम्बन्ध ऐतिहासिक भए पनि अझै पनि पुराना ढाँचामा अड्किएको देखिन्छ । त्यसैले अब पुराना सोच त्यागेर दुवै देशले सम्बन्ध पुनर्संरचना गर्ने अवसर पाएका छन् ।

दुवै देशले दीर्घकालीन विवादहरू समाधान गर्दै जनकेन्द्रित नीतिहरू ल्याउनु आवश्यक छ । यो सम्बन्धलाई वर्तमान यथार्थ र जनआकांक्षाअनुसार पुनःपरिभाषित गर्ने सही समय यही हो ।

नेपालमा देखिएको परिवर्तन दक्षिण एसियामा देखिएको ठूलो प्रवृत्तिको हिस्सा हो । बंगलादेश, श्रीलंका जस्ता देशहरूमा पनि युवाहरूले राम्रो शासन र विकासको माग गर्दै आन्दोलन गरेका छन् । यसबीच चीन र पाकिस्तान जस्ता देशहरू क्षेत्रीय समीकरणमा महत्वपूर्ण रहिरहनेछन् ।

आर्थिक सुधार र नेतृत्व

रास्वपाका उपसभापति स्वर्णिम वाग्ले जस्ता अर्थशास्त्रीहरूको भूमिकाले नेपालको आर्थिक सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्छ ।

त्यस्तै, रास्वपाका सभापति रवि लामिछानेको नेतृत्वमा पार्टीभित्र सन्तुलन कायम गर्नु पनि स्थायित्वका लागि आवश्यक हुनेछ ।

हालको अवस्था नेपालका लागि एउटा निर्णायक मोड हो । यदि यो ‘बालेन शाह क्षण’लाई सही रूपमा उपयोग गर्न सकियो भने नेपालले सुशासन र आर्थिक विकासतर्फ नयाँ फड्को मार्न सक्नेमा कुनै दुई मत छैन ।

यसका साथै नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुग्न सक्छ । तर यदि अवसर गुमाइयो भने, शेक्सपियरले भनेझैं त्यो यात्रा उथलपुथल र दुःखद हुन सक्छ ।

अहिलेको समय निर्णायक, संवेदनशील र सम्भावनाले भरिएकोले दुवै देशका लागि एक नयाँ सुरुवात गर्ने अवसर पनि हो ।

ठाकुर भारतका नीतिगत विशेषज्ञ, स्तम्भकार तथा लेखक हुन्।