एजेन्सी- कर्नेल नवजोत सिंह बलको नाम तपाईले अवश्य पनि सुन्नु भएको होला । आतंकवादीलाई नस्ट पार्न माहिर बल दुई वर्षदेखि क्यान्सरसँग लडिरहेका थिए । तर बिहीबार उनको देहान्त भयो ।
३९ वर्षीय शौर्य चक्र विजेता कर्नेल बलको हौसला यति बलियो थियो कि अन्तिम अवस्थामा पनि उनको अनुहारमा कुनै अधेरो देखिएको थिएन । कठिन अवस्थासँग जुध्ने क्षमता तथा अटूट जोश उनको पर्याय बनिसकेको थियो । तर आज उनी हाम्रो माझ छैनन् । तर उनको बहादुरी तथा साहसको कहानी सधैका लागि वीरगाथामा दर्ज भएको छ ।
दुई वर्ष पहिले भएको थियो दुर्लभ क्यान्सर
नवजोत सेनको स्पेशल फोर्सको प्यारा–२ का कमाण्डिङ अफिसर थिए । २०१८ मा उनले नियमित प्रशिक्षणको समयमा दायाँ हात सुन्निएको महशुस गरे । पछि परीक्षण गराउदा उनलाई दुर्लभ किसिमको क्यान्सर भएको फेला प¥यो । मुम्बईको टाटा क्यान्सर रिसर्च सेन्टरदेखि अमेरिकासम्म उनको उपचार गरियो । तर पुरै शरीरमा क्यान्सर फैलिनबाट रोक्नका लागि चिकित्सकले उनको हात काटिदिए । यति हुदा समेत उनले हार मानेनन् ।
एक हातले गर्थे ५० पुशअप
बलले जीवनको सबै काम एक हातले गर्ने महारथ हासिल गरेका थिए । नुहाउने, धुने, जुत्ताको फित्ता बाध्ने, हस्ताक्षर गर्ने सारा काम उनले बायाँ हात बाट सिकेका थिए । दुई महिनापछि एकै हातले उनले राजस्थानमा सैन्य अभियानमा हिस्सा लिएका थिए । एकै हातले ५० पुशअप गर्ने गर्दथे ।
उनी क्यान्सरको बिरुद्धमा डटेर लडेका थिए । तर दैवलाई यो स्वीकार्य थिएन । क्यान्सर उनको शरीरका अन्य भागमा पनि फैलियो । बिहीबार बैगलोरको अस्पतालमा अन्तिम सास लिनु पहिले उनले सेल्फी समेत लिएका थिए । यो अवस्थामा पनि उनको अनुहारमा कुनै पनि नैरास्यताको नामो निसानो थिएन ।




प्रतिक्रिया