काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको आरोप अस्वीकार गरेका छन् । २ करोडको डिल गरेको सार्वजनिक अडियोमा सुनिएको स्वर आफ्नो नभएको श्रेष्ठले दाबी गरेका हुन् ।
श्रेष्ठले अनौपचारिक रुपमा सार्वजनिक अडियोबारे आफ्नो स्पष्टीकरण दिदैँ दुर्गा प्रसाईंसमेत आफूले नचिनेको बताए । पार्टीको म्यासेञ्जर ग्रुपमा सन्देश लेख्दै उनले आफू निर्दोष भएको जिकिर गरेका छन् ।
श्रेष्ठले आफूले कहिल्यै उनीसँग पैसा नमागेको पनि दाबी गरे । उनले पार्टीबाट हुने छानबिनमा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आर्थिक सहयोग माग गरेको अडिओ बाहिरिएपछि पार्टीले श्रेष्ठलाई निलम्बन गरेको गरेको छ ।
आइतबार सार्वजनिक भएको अडिओमा सांसद श्रेष्ठले प्रसाईंसँग आफू स्वास्थ्यमन्त्री बन्नका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै २ करोड रुपैयाँ मागेको सुन्न सकिन्छ ।
अडियो डिलमा रास्वपाका सभापति रवि लामिछानेको नाम पनि लिइएको छ । ‘यो पैसा पनि तपाईंले उही रविलाई त बुझाउनुपर्ला नी हैन ?’ भन्ने प्रसाईंको प्रश्नमा श्रेष्ठले भनेका छन्, ‘मैले रवि सरलाई भन्दा पनि रवि सरलाई देखा पर्नुभएको छैन। बाहिरको दुई जना तीन जना साथीहरू हुनुहुन्छ उहाँहरूलाई दिने हो। पार्टीलाई जान्छ भनेका छन्।’




प्रतिक्रिया