चीनबाट खतरा रहेको भन्दै देशको रक्षा रणनीति परिवर्तन गर्ने अष्ट्रेलियाका प्रधानमन्त्रीको घोषणा


एजेन्सी– चीन र अष्ट्रेलियाबीच जारी विवाद गहिरिंदै गएको छ । चीनले अष्ट्रेलियामाथी आर्थिक घेराबन्दी र साइबर हमला जारी राखेपछि अष्ट्रेलियाले इण्डो प्यासेफिक क्षेत्रमा आफ्नो सेनालाई मजबूत बनाउने घोषणा गरेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मारिशनले सेनालाई नयां हतियार खरिद गर्ने घोषणा समेत गरेका छन् । त्यसका साथै एशिया प्रशान्त क्षेत्रमा अष्ट्रेलियाले कैंयौ महत्वपूर्ण क्षेत्रमा आफ्ना सेनाको तैनाथी पनि बढाउने तयारी गरेको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री मरिशनले बुधवार आगामी १० वर्षमा २ सय ७० विलियन डलर रक्षा क्षेत्रमा खर्च गर्ने घोषणा गरेका छन् । उनले एजिएम १५८ सी लामो दुरीको एन्टिसीप मिसाइल समेत अमेरिकाबाट खरिद गर्ने निर्णय भएको बताए । यसको मुल्य ८ सय मिलियन डलर रहेको छ ।

त्यसैगरी अष्ट्रेलियाले हाइपरसोनिक मिसाइल समेत खरिद गर्नेछ । चीन र उत्तर कोरियाले लामो दुरीको मिसाइलको परीक्षण गरेसंगै अष्ट्रेलियाले देशको रक्षा रणनीति नै परिवर्तन गरेको हो । उसले सुपर हार्नेट फाइटर जेटलाई मजबूत गर्नको लागी समेत एन्टी शिप मिसाइल खरिद गर्नेछ ।

चीन र उत्तर कोरियाले ५५ सय मिलोमिटरसम्म मार हान्न सक्ने मिसाइल परिक्षण गरेसंगै अष्ट्रेलियाले आफ्नो रक्षाको लागी रक्षा रणनीतिमा परिवर्तन गर्नु परेको जनाएको छ ।

कोरोना भाइरसको लागी चीन जिम्मेवार भएको र अनुसन्धान गर्नुपर्ने आवाज अष्ट्रेलियाले उठाएपछि चीनले त्यसको विरोध गर्दै आएको छ । चीनसंग वार्ताको लागी अष्ट्रेलियाले कोशिस गरेपनि चीनले वार्ता नगर्ने अडान राखेको छ ।

त्यसैगरी चीन सरकारले आफ्ना नागरीकलाई अष्ट्रेलियाको भ्रमण नगर्न समेत सुचना जारी गरेको छ । चीनले अष्ट्रेलियाबाट आयात हुने जहुं,वाइन र विफ आयातमा प्रतिवन्ध समेत लगाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement