अवैध लागूऔषध सहित तीन जना पक्राउ

अवैध लागूऔषध सहित तीन जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अवैध लागू औषध सहित प्रहरीले दूई जनालाई पक्राउ गरको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ३ कौशलटारबाट काठमाडौं बालुटार बस्ने २३ वर्षीय दिपु राज कर्णिकार र काठमाडौं चन्द्रागिरी नगरपालिका ४ झौखेल बस्ने २५ वर्षीय शम्भू गोलेलाई ३० पिस नियन्त्रित लागूऔषध नाइट्राभेट ट्याब्लेट सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

बा ९२ प ४७५६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस्तै मोरङको सुन्दरहरैचा नगरपालिका १० स्थित खोर्साने चोकबाट सुनसरी धरान उपनगरपालिका १७ बस्ने २८ वर्षीय बिमल श्रेष्ठलाई करिब ४ ग्राम अवैध लागूऔषध गाँजा र लुप्रिजेसिक ९ एम्पुल सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी बिराटचोकबाट खटिएको प्रहरीले को ३३ प ६६३७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक श्रेष्ठलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।