काठमाडौं – अस्ट्रेलियाको सिड्नीस्थित ग्रान्भिलमा श्रीमतिको कुटाईबाट श्रीमानको मृत्यु भएको छ ।
श्रीमान श्रीमातीको घर झगडामा कुटाकुट हुँदा शनिवार राति श्रीमतीले धारिलो हतियार प्रयोग गरि बुटवल निवासी सन्तोष गौतमको मृत्यु भएको गैरआवासिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले जानकारी दिए ।
टाउकोमा गम्भिर चोट लागेर अचेत बनेका सन्तोषलाई राति अबर पारामेडिक्सले अस्पताल पुर्याएका थिए । तर उनको मृत्यु भएको अष्ट्रेलियाको प्रहरीले जनाएको छ ।
घाइते श्रीमतिलाई श्रीमानको हत्या आरोपमा अष्ट्रेलियाली प्रहरीले नियन्त्रणमा लिएको छ । एनएसडब्लु प्रहरी फोर्सले जारी गरेको विज्ञप्ती अनुसार उनलाई आज पारामाटा अदालतमा पेश गरिँदैछ ।




प्रतिक्रिया