सिड्नी – अष्ट्रेलियामा तीन महिनादेखि लागेको डढेलो नियन्त्रण गर्न नेपाली व्यवसायीहरुले सहयोग गर्न थालेका छन् ।
अष्ट्रेलियाको कहालीलाग्दो वातावरणीय संकटपछि अष्ट्रेलियामा रहेका नेपाली व्यवसायीका विभिन्न संघसंस्थाले आ–आफ्नो तर्फबाट सहयोग रकम संकलन अभियान थालेका हुन् ।
झापाली समाज अस्ट्रेलिया, अस्ट्रेलियन एजुकेशन कन्सलट्यान्ट एलाइन्स, अर्घाखाँची समाज लगायतका संघ संस्थाले सहयोग संकलन अभियान सुरु गरको छ ।
एक्सपर्ट एजुकेशन एन्ड भिषा सर्भिसेजले सोमबार सबै कर्मचारी तथा संस्थाकोतर्फबाट त्यहाँको ग्रामीण अग्नी निणन्त्रण विभागलाई दश हजार अस्ट्रेलियन डलर सहयोग गरेको एक्सपर्ट एजुकेशन एन्ड भिषा सर्भिसेजका निर्देशक सन्जिव शर्माले बताए ।
डढेलोले अस्ट्रेलियाको करिब ५९ लाख हेक्टर क्षेत्रफलमा प्रभाव पारेको छ । डढेलोले अष्ट्रेलियामा २३ जनाले ज्यान गुमाएका छन् भने सयौं जनता घरबारविहीन भएका छन् । डढेलोले अहिलेसम्म पचास करोड बढी पशुपंक्षी जलेर मरेको अनुमान छ ।




प्रतिक्रिया