अष्ट्रेलियाली प्रधानमन्त्रीको जितपछि लेबर पार्टीका नेता शर्टनले दिए राजिनामा


एजेन्सी – अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले मतदातालाई धन्यबाद दिएका छन् । उनले संघीय चुनावमा आफ्नो कन्जरभेटिव गठबन्धलाई पुनः जिताएको भन्दै मतदातालाई धन्यवाद दिएका हुन् ।

मोरिसनले समर्थकलाई ‘आफूलाई सधैं चमत्कारमा विश्वास थियो’ भनेका छन् । सुरुमा लिबरल–नेशनल गठबन्धनलाई बहुमत नजिक देखाइएको थियो । यस्तै, अष्ट्रेलियाली लेबर पार्टीका नेता बिल शर्टनले आफ्नो पार्टीको हार स्विकार गर्दै पार्टी नेताको रुपमा राजिनामा दिएको जानकारी दिएका छन् ।

चुनावको अन्तिम परिणाम अझै आउन बाँकी छ तर ७० प्रतिशत बढी मतको गन्तीसहित गठबन्धनले जित हासिल गरेको छ । गठबन्धनलाई बहुमतका लागि ७६ सीटको आवश्यकता छ र उनीहरु ७४ सिटमा अगाडि छन् । लेबर पार्टी ६६ सिटमा अगाडि छ ।

अष्ट्रेलियामा आम चुनावका लागि शनिबार मतदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement