अस्ट्रेलियामा आजबाट फेसबुकमार्फत न्युज फिड हेर्न नपाइने

अस्ट्रेलियामा आजबाट फेसबुकमार्फत न्युज फिड हेर्न नपाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अस्ट्रेलियामा आजबाट फेसबुकमार्फत न्युज फिड हेर्न नपाइने भएको छ ।

फेसबुकले अस्ट्रेलियाका प्रयोगकर्ताहरूलाई आफ्नो प्लेटफर्ममा समाचारका सामग्री हेर्न र सेयर गर्न प्रतिबन्ध लगाएको हो । यो सँगै अस्ट्रेलियामा अब फेसबुकमार्फत न्युज फिड हेर्न र सेयर गर्न पाइने छैन ।

अस्ट्रेलिया सरकारले फेसबुकको यो कदमले कम्पनीको विश्वसनीयतालाई नै जोखिममा पारिदिएको बताएको छ । यति मात्र नभएर अस्ट्रेलिया बाहिरका मानिसहरूलाई समेत फेसबुकमा अस्ट्रेलियन न्युज प्रकाशकका सामग्री पढ्नबाट निषेध गरिएको छ ।

फेसबुकको यो प्रतिक्रिया वास्तवमा अस्ट्रेलिया सरकारले यसअघि जारी गराउने भनेको नयाँ प्राविधिक नियमका कारण भएको बताइएको छ ।

यसअन्तर्गत फेसबुकले न्युज एजेन्सीहरूलाई तिनका सामग्री प्रयोग गरे वापत् निश्चित भुक्तानी गर्नुपर्ने भनिएको थियो । तर गुगल, फेसबुकजस्ता कम्पनीले सो नियममा इन्टरनेटले कसरी काम गर्छ भन्ने ध्यानमा नराखी प्रस्ताव गरिएको र अन्यायपूर्ण आफूहरूलाई नोक्सान पुर्‍याउने बताउँदै आएका छन् ।

अस्ट्रेलियाको तल्लो सदमा सो नियम बुधबार नै पारित भइसकेको छ । अस्ट्रेलियन नागरिकहरूले यो विषयमा अचानक सबै आधिकारिक समाचार स्रोतको पहुँच बन्द हुँदा अधिक आक्रोश जनाएका छन् ।