क्यानबेरा – अस्ट्रेलियामा नेपाली विद्यार्थीको संख्यामा भएको वृद्धिप्रति विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । गरिब परिवारहरु काममा भर्ना र रोजगारदाताबाट प्रताडित हुने भन्दै उनीहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् । उनीहरुले नेपाली विद्यार्थीमाथि कडाइ गर्नुपर्ने माग राखेका छन् ।
२०१७ देखियता अस्ट्रेलियामा विदेशी विद्यार्थीका लागि नेपाल तेस्रो ठूलो स्रोत बनेको छ । यद्यपि नेपालीको संख्या चिनियाँ र भारतीयको दाँजोमा ठूलो अन्तरले कम रहेको छ । तर विकसित मानिएका मुलुकहरु मलेसिया, भियतनाम र इन्डोनेसियाको सामिप्यमा रहेका छन् ।
अक्टोबरसम्मको १२ महिनाको अवधिमा तृतीयक कोर्समा ६५ हजार ७४५ नेपाली विद्यार्थीले भर्ना गरेको संघिय सरकारले जनाएको छ । यो २०१६ को २१ हजारले भर्ना गरेको तुलनामा तेब्बर भन्दा बढी हो ।
२०१८–१९ मा अस्ट्रेलियामा नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीले २.६ अर्ब डलर खर्च गरेका थिए । यो अघिल्लो वर्षको १.६ अर्ब डलरको तुलनामा बढी हो ।
यसैबीच नेपालमा विदेशमा विद्यार्थी पठाउने सैक्षिक एजेन्टको संख्या पनि केही सयको संख्याबाट ३ हजार नाघेको संघिय शिक्षा विभागका प्रवक्ताले बताए ।
धेरै नेपाली विद्यार्थीहरु भिक्टोरियाको सट्टा न्यू साउथ वेल्समा पढ्नका लागि रुची राख्ने गरेका छन् । यो वर्ष अस्ट्रेलियाली शैक्षिक संस्थामा भर्ना गर्ने विद्यार्थीहरु मध्ये न्यू साउथ वेल्समा ४२ हजार ५०० र भिक्टोरियामा ११ हजार ३०० रहेका छन् ।
यो अवस्था भयावह भएको उच्च शिक्षा विज्ञहरुले बताएका छन् । विद्यार्थीले अस्ट्रेलियामा अध्ययनका लागि खर्च गर्न सक्ने अवस्था नरहेको र शुल्क बुझाउनका लागि मात्रै उनीहरुले अप्ठेरो काम गर्नुपर्ने अवस्था आउने उनीहरुले बताएका छन् ।
विश्व बैंकको तथ्यांक अनुसार नेपालीको जीडीपी प्रति व्यक्ति आय १ हजार अमेरिकी डलर रहेको छ । यो अस्ट्रेलियनको तुलनामा ५० भागको १ र भारतीयको तुलनामा आधा हो ।




प्रतिक्रिया