काठमाडौं । अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा महेशराज दाहाल नियुक्त भएका छन् ।
नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले दाहाललाई मंगलबार राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
मानव तस्करीको आरोप लागेकी लक्की शेर्पालाई सरकारले फिर्ता बोलाएपछि अस्ट्रेलियास्थित नेपाली दूतावास राजदूतविहीन थियो ।





प्रतिक्रिया