काठमाडौं – नेकपाका युवा नेता युवराज चौलागाई अष्ट्रेलियाको संसदमा माथिल्लो सदनमा अतिथि भएर सहभागि भएका छन् ।
दक्षिण अष्ट्रेलियाको राजधानी एडिलेडको चालु संसदको बजेट अधिवेशनका क्रममा चौलागाईले अष्ट्रेलियानी नेता तथा पूूर्व सभामुखसँग रसेल ओर्टलेसँग भेट गरेका छन् ।
संसदको माथिल्लो सदनका नेता तथा पूर्व सभामुखसमेत रहेका बर्टली अष्ट्रेलियन लेबर पार्टीका नेतासमेत हुन् ।नेपाली अतिथिको रुपमा चौलागाईले चालु संसद अधिवेशनको केहीबेर अवलोकन पनि गरेका थिए ।
नेकपा एकता हुनुभन्दा अघि तत्कालिन माओवादी केन्द्रको विदेश विभाग सचिव रहेका चौलागाई पार्टी एकतापछि पनि पार्टीको विदेश मामिला सम्बन्धी गतिविधिमा सक्रिय छन् ।




प्रतिक्रिया