आफ्ना बेपत्ता नागरिकका परिवारलाई सहयोग गर्न काठमाण्डुमा सहायता केन्द्र खोल्दै अस्ट्रेलिया

आफ्ना बेपत्ता नागरिकका परिवारलाई सहयोग गर्न काठमाण्डुमा सहायता केन्द्र खोल्दै अस्ट्रेलिया

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– स्ट्रेलियाले बिनाशकारी भोटेकोशी–त्रिशुली बाढीपछि सम्पर्कविहीन भएका आफ्ना नागरिकका परिवारलाई आवश्यक जानकारी र सहयोग उपलब्ध गराउन काठमाण्डुमा ‘विशेष परिवार सहायता केन्द्र’ स्थापना गर्ने भएको छ ।

अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले सोमबार संसद्‌मा सम्बोधन गर्दै नेपालमा बेपत्ता आफ्ना नागरिकको खोजी तथा विपद् प्रतिकार्यका लागि करिब ५० जना उद्धारकर्ताको टोली परिचालन गरिएको जानकारी दिइन् ।

सम्पर्कविहीन नागरिकको अवस्था पत्ता लगाउन काठमाण्डु बेइजिङ, नयाँदिल्ली र क्यानबेरास्थित अस्ट्रेलियाली अधिकारीलाई २४सै घण्टा परिचालन गरिएको उनको भनाइ थियो ।

‘नेपाल र चीनको तिब्बतमा हामीले देखेको विनाश अकल्पनीय छ,’ संसद्‌मा सम्बोधन गर्दै वोङले भनिन्, ‘बाढीले सहर, गाउँ, घर, सडक र पुलहरू बगाएको डरलाग्दो दृष्य मीले देखेका छौँ । यो क्षतिको मापन हाम्रो अनुमानभन्दा बाहिर छ ।’

बेपत्ता नागरिकका परिवारलाई निरन्तर सूचना र आवश्यक सहयोग उपलब्ध गराउन अस्ट्रेलियाको परराष्ट्र तथा व्यापार मन्त्रालय र संघीय प्रहरीका विशेष केस अफिसर तोकिएको उनले बताइन् ।

परिवारलाई सहयोग गर्न सर्भिसेस अस्ट्रेलियाका दुई सामाजिक कार्यकर्ता आइतबार राति काठमाण्डु पुगिसकेको पनि विदेशमन्त्री वोङले जानकारी दिइन् ।

नेपालमा रहेका आफ्ना नागरिकको अवस्थाबारे जानकारी लिन तथा खोजी कार्यमा सहजीकरण गर्न अस्ट्रेलियाले नेपालसहित क्षेत्रीय मुलुकमा रहेका आफ्ना अधिकारीबीच समन्वय गरिरहेको उनको भनाइ छ ।

विपद्ले अस्ट्रेलियामा रहेका नेपाली र तिब्बती समुदायलाई पनि गहिरो असर पारेको वोङले बताइन् । प्रभावित क्षेत्रमा रहेका परिवार, आफन्त र साथीभाइको अवस्थालाई लिएर उनीहरू चिन्तित रहेको उनको भनाइ थियो ।

प्रभावित क्षेत्रका तीर्थयात्रा मार्ग र पवित्र स्थलसँग जोडिएका अस्ट्रेलियाली हिन्दु समुदाय पनि विपद्गपछि हिरो दुःखमा परेको उनले उल्लेख गरिन् ।

अस्ट्रेलियाली सिनेटले बाढीपहिरोमा ज्यान गुमाएकाहरूप्रति शोक व्यक्त गर्दै बेपत्ता आफन्तको खबर पर्खिरहेका परिवारप्रति समवेदना जनाएको छ ।

वोङले विपद्को यस कठिन समयमा नेपाल, तिब्बत र अस्ट्रेलियाबाट खोज तथा उद्धारमा खटिएका सबैलाई अस्ट्रेलिया सरकारका तर्फबाट धन्यवाद दिइन् ।

यसअघि अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले पनि संसद्‌मा सम्बोधन गर्दै नेपाल र चीनको तिब्बतमा आएको विनाशकारी बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका थिए । उनले विपद्को यस घडीमा नेपाल एक्लै नरहेको बताएका थिए ।