काठमाण्डु– अस्ट्रेलियाको सिड्नीस्थित बन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या १६ पुगेको छ।
आइतबार यहुदीहरूको हानुका पर्वको अवसरमा भएको कार्यक्रममा अन्धाधुन्ध गोली चल्दा १० जनाको घटनास्थलमै मृत्यु भएको थियो।
न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले गोली लागेर १० वर्षीया बालिकासहित १६जनाको मृत्यु भएको पुष्टि गरेका छन्। मृतकमा एक आक्रमणकारी पनि रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
बन्डी बिचमा झन्डै एक हजार मानिसहरूको भिडभाड रहेको बेला गोली चलेको थियो। उक्त घटनामा ४० जना घाइते भएको र उनीहरुको उपचार भइरहेको पनि रोयटर्सले जनाएको छ।
प्रहरी आयुक्त माल लानियोनले आक्रमणकारीहरू बुबा र छोरा भएको बताए। बुबा साजिद अक्रम ५० वर्ष र छोरा नविद अक्रम २४ वर्षका छन्।
अनुसार घटनास्थलबाट ड्युटीमा रहेका प्रहरी अधिकारीहरूसहित ४२ जनालाई अस्पताल लगिएको छ।
प्रहरीले आक्रमणकारी ५० वर्षीय व्यक्तिसँग हतियारको लाइसेन्स रहेको पाइएको बताएको छ। उनको नाममा छवटा हतियार दर्ता गरिएको छ, जुन घटनास्थलबाट बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनास्थलमा दुई सक्रिय विस्फोटक उपकरण पनि फेला परेका छन्, जसलाई प्रहरीले सुरक्षित रूपमा निष्क्रिय पारेको छ।




प्रतिक्रिया