व्यक्तिगत रिसिइविका कारण चरित्र हत्या गर्न खोजियो : सांसद शाह

व्यक्तिगत रिसिइविका कारण चरित्र हत्या गर्न खोजियो : सांसद शाह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले व्यक्तिगत रिसिइबीका कारण आफ्नो चरित्र हत्या गर्न खोजीएको भन्दै संम्बन्धित निकायको ध्यानाकर्षण गरेका छन् ।

कपिलबस्तु क्षेत्र नम्वर ३ का सांसद शाहले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै राजनीतिक रुपमा प्रेरित भएर विना प्रमाण प्रहरीले आक्षेप लगाएको भन्दै आफु दोषी भएको प्रमाण पेश गर्न प्रहरीलाई चुनौती दिएका छन् ।

सांसद शाहले घटनाको सत्यतथ्य पत्ता नलगाई पूर्वग्रही ढंगले पदिय जिम्मेवारी भुली चरित्र हत्या हुने गरी आरोप लगाएको भन्दै कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोजकुमार यादवलाई छानविन गरी कारबाही गर्न विज्ञप्ती मार्फत माग गरेका छन् ।

जिप्रका प्रमुख एसपी मनोजकुमार यादवले पत्रकार सम्मेलनको आयोजना गरेर मलखाद तस्करी प्रकरणमा बहादुरगञ्जस्थित एउटा प्लाइउड उद्योगका मालिकसंग सांसद शाहको पनि हात रहेको आरोप लगाएका थिए ।

प्लाइउड उद्योगभित्र फेला परेको ट्याक्टर र भिडियोका बारेमा प्रहरीले अनुसन्धान नै नगरी आफुलाई विना प्रमाण आरोप लगाएको भन्दै सांसद शाहले विज्ञप्तीमार्फत खण्डन गरेका छन् ।