अभिषेक र ऐश्वर्या फिल्म गुलाब–जामुन’ मा स्किृन सेयर गर्दै


मुम्बई– अभिषेक बच्चन र ऐश्वर्या रायको जोडी ८ वर्षपछि फिल्मी पर्दामा देखिने भएको छ। रियल लाइफमै दम्पत्ती रहेको यो जोडी ८ वर्षपछि अनुराग कश्यपको ‘गुलाब–जामुन’मा पर्दामा एकसाथ देखिन लागेको हो।

दुबैले मणिरत्नमको फिल्म ‘रावण’ मा २०१० मा सँगै काम गरेका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार ‘गुलाब–जामुन’मा काम गर्ने खबरलाई अभिषेक र ऐश्वर्या दुबैले पुष्टि गरेका छन्।

ऐश्वर्याले एक अन्तर्वार्तामा भनेकी छिन्, गुलाब–जामुन’को कथा दुबैलाई चित्त बुझेकाले आफूहरुले सँगै काम गर्ने निर्णय लिएको उनले बताइन्। अभिषेक र ऐश्वर्या अहिले आ–आफ्नो फिल्म ‘मनमर्जिया’ र ‘फन्ने खां’को प्रमोशनमा व्यस्त छन्। अभिषेक र ऐश्वर्याले हालसम्म ७ वटा फिल्ममा सँगै काम गरेका छन्। ‘गुलाब–जामुन’का आठौं फिल्म हुनेछ।

प्रतिक्रिया दिनुहोस
Advertisement