काठमाण्डु – नेपाल प्रहरीका एक जना पूर्व प्रहरी महानिरीक्षकको घरबाट एभोकाडो चोरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।
पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहोराको नयाँबानेश्वरको संगम चोकस्थित घरबाट एभोकाडो चोरेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ । उनीहरुले पूर्व आइजिपी बोहोराको घरबाट गत असोज १ गते एभोकाडो चोरी भएको थियो ।
पक्राउ पर्नेहरुमा रामेछापका सन्जिव खड्का, मकवानपुरका रोज राई, काभ्रेका यमबहादुर तामाङ, मकवानपुरका राजीव गुरुङ, काभ्रेका देव तामाङ, रामेछापका निरज नेपाली, काभ्रेका मिलन दुलाल, काभ्रेका समीर तामाङ, मोहित दाहाल, प्रदीप यादव, शंकर खडायत लगायत छन् ।
उनीहरुले बानेश्वर, थापागाउँ, बुद्धनगर, नक्शाल, चन्डोल लगायतका स्थानबाट एभोकाडो चोरेर बेच्ने गरेको खुलेको हो ।




प्रतिक्रिया