ब्रेकिंग न्युज समाचार

स्वास्थ्यको समायोजन टुंगियो, वेवसाइटमा सार्वजनिक नगरी कर्मचारीलाई पत्र पठाउने तयारी

७ हजार ७४० जनाको गुनासो सम्वोधन

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य समूहका कर्मचारीको समायोजन टुंग्याएको छ । सामान्य प्रशासन मन्त्रालयका कर्मचारीले आजै स्वास्थ्य मन्त्रालयमा पुगी समायोजनको सूची बुझाएका छन् ।

स्वास्थ्य मन्त्रालयले भोलिबाट नै कर्मचारीहरुलाई समायोजनको पत्र पठाउने तयारी गरेको बताएको छ । सामान्य प्रशासन मन्त्रालय अन्तरगर्तको समायोजन महाशाखाका शाखा अधिकृत राजकुमार बोहराले २७ हजार ३०३ जनाको सूची स्वास्थ्य मन्त्रालयमा पुगेर बुझाएको बताए ।

उनले १४ हजार बढीको गुनासो प्राप्त भएपनि ७ हजार ७४० जनाको गुनासो सम्वोधन भएको बताए । यता स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले सामान्यबाट सूची आइसकेको भन्दै भोलिबाट नै कर्मचारीलाई पठाउने तयारी भएको बताए ।

यसअघि समायोजनको सूची वेवसाइटमार्फत सार्वजनिक गरेको स्वास्थ्य तथा सामान्य मन्त्रालयले यसपटक भने सूची सार्वजनिक नगर्ने बताएको छ । प्रवक्ता श्रेष्ठले भने, ‘यो पटक सूची सार्वजनिक नगरी सम्वन्धीत व्यक्तिलाई सिधै चिठी पठाउने योजना छ ।’ यता स्वास्थ्यकर्मीका ट्रेड युनियनका नेताहरुले भने सूची सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top