कञ्चनपुर– सरकारले गठन गरेको भुमिसम्बन्धी समस्या समाधान आयोग गठनमा विवाद देखिएको छ । सरकारले गठन गरेको आयोगका पदाधिकारी नियुक्तीमा नेकपाभित्र विवाद बढेको हो । भुमिसुधार मन्त्रालयले सोमबार सुदुरपश्चिमका नौ जिल्लामा गरेको नियुक्तीले नेकपाभित्र विवाद सिर्जना गरेको छ । नेकपाको सुदुरपश्चिम प्रदेश कमिटीले गरेको सिफारीस विपरित सरकारले पदाधिकारी नियुक्ती गरेपछि नेकपाकै नेताहरु असन्तुष्ट बनेका छन् ।
सुदुरपश्चिम प्रदेशका संयोजक समेत रहेका उद्योग,वाणिज्य तथा आपुर्तीमन्त्री लेखराज भट्ट र प्रदेश कमिटीका अध्यक्ष कर्ण थापा नै आयोगका पदाधिकारी नियुक्तीप्रति असन्तुष्ट बनेका हुन् । भट्ट र थापाले आयोगमा नियुक्तीका लागी गरेको सिफारीस विपरित सरकारले पदाधिकारी नियुक्त गरेको हो ।
सरकारले गरेको पदाधिकारी नियुक्तीमा असन्तुष्टी जनाउंदै कंचनपुरबाट आयोगमा सदस्यमा सिफारीस भएका नेकपाका जिल्ला सदस्य रमेश भट्ट, कैलालीबाट आयोगमा सदस्य नियुक्त भएका बलबहादुर महता र डडेल्धुराबाट आयोगमा अध्यक्ष भएका पदमराज जोशीले समेत राजीनामा दिने घोषणा गरेका छन् । भट्ट पुर्व माओवादीबाट सदस्यका लागी सिफारीस थिए । उनले अहिले छनौट भएको टिम उपयुक्त नलागेकोले आफु सो टिममा सदस्य भएर नबस्ने घोषणा सामाजिक संजाल फेसबुकमार्फत गरेका छन् । त्यसैगरीस् बझाङको अध्यक्ष नियुक्त भएका कलकबहादुर खड्काले समेत राजीनामा दिने तयारी गरेको नेकपा स्रोत बताउंछ ।

कंचनपुरबाट अध्यक्षमा उद्योगमन्त्री भट्ट र प्रदेश अध्यक्ष थापाले केन्द्रिय सदस्य पल्लवराज भट्टको नाम सिफारीस गरेका थिए । तर, पार्टीको सिफारीस विपरित सरकारले कमला बोहरालाई अध्यक्षमा नियुक्ती दिएको छ । सदस्यमा लक्ष्मी बुढा र रमेश भट्टको नाम सिफारीस भएको थियो ।
उद्योगमन्त्री भट्टले कैलाली अध्यक्षमा आफु निकट नेता बल बहादुर महताको नाम सिफारीस गरेपनि अन्तिममा उनको नाम हटाएर दिपक देवकोटालाई नियुक्ती दिइएको छ । त्यसैगरी अछामको जिल्ला अध्यक्षमा खगेन्द्र रोकाया सिफारीस भएकोमा उनको नाम समेत अन्तिममा हटाइएको छ । रोकायाको ठाउंमा कटक बहादुर साउंदलाई जिम्मेवारी दिइएको छ ।
आयोगका पदाधिकारी सिफारीसप्रति प्रदेश संयोजक भट्ट र अध्यक्ष थापा नै असन्तुष्ट बनेका छन् । दुवै जनालाई पदबाट राजीनामा दिन कार्यकर्ताको चर्को दबाव छ । पुर्व माओवादीबाट केन्द्रिय समितिमा रहेका अधिकांशले पदबाट राजीनामा दिने तयारी गरेका छन् । कंचनपुर जिल्ला अध्यक्ष समेत रहेका विरवहादुर थापाले समेत प्रदेश अध्यक्ष कर्णबहादुर थापालाई राजीनामा बुझाइसकेका छन् ।
नेकपाका केन्द्रिय सदस्य समेत रहेका नेता सरल भाटले समेत नियुक्ती प्रक्रियामा असन्तुष्टी जनाउंदै सामाजिक संजाल फेसबुकमा ‘अति गर्नु अत्याचार नगर्नु,न्याय दिन नसकेपनि अन्याय नगर्नु ’भन्दै उनले सरकारको नियुक्तीप्रति असन्तुष्टी जनाएका छन् । अध्यक्षमा सिफारीस भएका केन्द्रिय सदस्य पल्लवराज भट्टले आफ्नो सम्पुर्ण टिमसहित राजीनामा दिने तयारी गरेका छन् । भुमिसम्बन्धी समस्या समाधान आयोगको पदाधिकारी नियुक्तीमा विवाद देखिएपछि केन्द्रिय सदस्य थापा, भट्ट र भाटसहितको सिंगो टिमले सामुहिक राजीनामा दिने तयारी गरेको स्रोत बताउंछ ।
यस्तो थियो प्रदेश कमिटीले गरेको सिफारीस
बैतडी
अध्यक्ष :नरेश कुमार बिश्वकर्मा
सदस्य :जानकी अवस्थी
बिज्ञ सदस्य :केशब राज पन्त
कंचनपुर
अध्यक्ष :पल्लबराज भट्ट
सदस्य :लक्ष्मी बुडा
बिज्ञ सदस्य :रमेश दत्त भट्ट
दार्चुला
अध्यक्ष :राम दत्त जोशी
सदस्य :खिम्मानन्द भट्ट
बिज्ञ सदस्य :लक्ष्मी कुमारी लुहार
कैलाली
अध्यक्षःबल बहादुर महता
सदस्य :कन्दकला कुमारी राना
बिज्ञ सदस्यःदुजराम चौधरी
बाजुरा
अध्यक्ष :राम लाल कार्कि
सदस्य :कर्मकला रोकाया
बिज्ञ सदस्य :प्रशाध पाध्याय
डोटि
अध्यक्ष :गणेश बिष्ट
सदस्य :देश रत्न देबि डागि
बिज्ञ सदस्य :अन्जिता श्रेष्ठ
डडेल्धुरा
अध्यक्ष :पदमराज जोशी
सदस्य :तारा कुमारी कार्की
बिज्ञ सदस्यः अम्मर बहादुर पुन
बझाङ
अध्यक्षः कलक बहादुर खड्का
सदस्य :सारदा कुमारी बिक
बिज्ञ सदस्य :लोकेन्द्र बहादुर सिह
अछाम
अध्यक्षःखगेन्द्र रोकाया अछाम
बिज्ञ सदस्य :भिम बहादुर जनाला




प्रतिक्रिया