अख्तियार हिरासत इन्जिनियर र प्रहरीले भरिभराउ

अख्तियार हिरासत इन्जिनियर र प्रहरीले भरिभराउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – साउन ४ गते कर्णाली व्यवस्थापन कार्यालय बर्दियाका इन्जिनियर कमल सिटौला, इन्जिनियर विश्वेश्वरप्रसाद शाह, इन्जिनियर हरिप्रसाद चौधरी र सवारीचालक टंकप्रसाद ओझालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १५ लाख घुससहित पक्राउ गर्‍यो। तारजाली भरेको रकम भुक्तानीबापत् उनीहरूले घुस लिएका थिए। उनीहरूमाथि अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।

सिरहाको गोलबजार नगरपालिकाका सब-इन्जिनियर उमा श्रेष्ठ ५० हजार घुससहित पक्राउ परिन्। शौचालय निर्माणको भुक्तानी सहज बनाएबापत् घुस लिएकी उनलाई गोलबजार-७ पुरानो चोहर्वा बसपार्कस्थित होटलबाट असार ३ पक्राउ गरी अनुसन्धान भइरहेको छ।

-जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, दोलखाका सिनियर डिभिजन इन्जिनियर प्रकाश अधिकारी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सिन्धुपाल्चोकका इन्जिनियर भोगेन्द्र साह र सवारीचालक सुमन खड्कालाई १४ लाख ६८ हजार घुस रकमसहित असार ३ मा अख्तियार टोलीले भक्तपुर जगातीबाट पक्राउ गर्‍यो।

रामनगर गाउँपालिका, सर्लाहीका इन्जिनियर रामजीबाबु यादवलाई ५० हजार घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ। विद्युत जडानको प्राविधिक मूल्यांकनसहित कार्य सम्पन्न प्रतिवेदन बनाएर भुक्तानी सहज गराएबापत् नले घुस लिएका थिए। यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।