बुटवल – मालपोत कार्यालय बुटवलका दुई जना कर्मचारी घुससहित रङ्गेहात पक्राउ परेका छन् । पक्राउ पर्नेमा खरिदार जिवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डे रहेको प्रहरीले जनाएको छ ।
उनीहरुले जग्गा नामसारी र लालपूर्जा दिने कार्यको सहजीकरणका लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस रकम माग गरेका थिए । घुस रकम माग गरेको सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, बुटवलबाट खटेको टोलीले उनीहरुलाई उक लाद बीस हजार सहित पक्राउ गरेको हाे ।
घुस वापतको रकम लिइसकेको अवस्थामा मालपोत कार्यालय बुटवल अगाडि रहेको ढकाल पाण्डे लेखापढी सेवाको कार्यालयबाट उनीहरु पक्राउ परेको प्रहरीले बताएको छ । उनीहरुमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया