काठमाडौँ – चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष खुला प्रतिस्पर्धा छनोट गर्न मंगलबार पुनस् दरखास्त आह्वान गरिएको छ । पहिलोपटकको आह्वानमा आवेदन दिएका ६ जनाको दरखास्त रद्द गर्दै आयोग उपाध्यक्ष छनोट सिफारिस समितिले पुनस् सूचना निकालेको हो ।
यसअघि दरखास्त परेकामध्ये योग्यता पुगेको पुष्टि भएका कागजात पेस नगरेको नाम सिफारिस समितिको ठहर छ । आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै यही साउन साउन १५ गतेसम्म आवश्यक प्रक्रिया पूरा गरी दरखास्त दिन भनेको छ । जारी सूचनामा आवेदन दिने उम्मेदवारको उमेर ६५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ । यसअघि ६१ वर्ष मुनिका व्यक्तिले मात्र दरखास्त दिन पाउने व्यवस्था राखिएको थियो ।
डा. गोविन्द केसीले आयोगमा परेका आवेदनहरु उपाध्यक्ष पदका लागि अयोग्य भएको भन्दै प्रकृया रोक्न माग गरेका थिए । डा. केसीले गत बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै आयोगको उपाध्यक्ष पदका लागि योग्य भन्दा पनि अयोग्यहरुको निवेदन परेको भन्दै निवेदन परेकाहरुबाटै नियुक्ति गर्न नमिल्ने भएकाले प्रकृया रोक्न माग गरेका थिए । यसअघि आयोगको उपाध्यक्षका लागि श्रीकृष्ण गिरी, पारस पोखरेल, नीलमणि उपाध्याय, प्रमोदकुमार सरा र रमेशप्रसाद सिंहले आवेदन दिएका थिए ।




प्रतिक्रिया