आयोन भिले पायो उच्च मान्यता भएको ५–स्टार एनक्याप सेफ्टी रेटिङ

आयोन भिले पायो उच्च मान्यता भएको ५–स्टार एनक्याप सेफ्टी रेटिङ


काठमाण्डु– उन्नत प्रविधि र आधुनिक डिजाइनका लागि विश्वव्यापी रूपमा परिचित इभी ब्रान्ड,आयोनले यूरो एनक्याप टेस्ट २०२५ मा सर्वोच्च ५–स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ ।

आयन भि ले यसअघि यूरो एन्क्याप टेस्ट २०२५ मा पनि ५–तारे सुरक्षा रेटिङ प्राप्त गरेको थियो।

आयोनले विश्व इभी बजारमा निरन्तर नयाँ मापदण्डहरू स्थापना गर्दै आएको छ। एसिया, युरोप र मध्य पूर्वमा आफ्नो बढ्दो उपस्थितिका साथ, आयोन निकै प्रचलित बनेको छ।

नेपाली ग्राहकहरुमा भने आयोनको आयोेन भि मोडेलले लोकप्रियता पाईरहेको छ। भविष्यमुखी डिजाइन, फराकिलो इन्टेरियर र उन्नत सुविधाहरूका साथै आयोेन भि सुरक्षामा पनि उत्कृष्ट छ। यो मान्यताले आयोेनको उच्च स्तरको सुरक्षा पनि प्रदान गर्ने गाडीहरू निर्माण गर्ने प्रतिबद्धतालाई दर्साउँछ।

आयोेन भि मा उन्नत बडी स्ट्रक्चर, मल्टी–सेन्सर कोलिजन डिटेक्सन, र एआई-संचालित ड्राइभर असिस्टेन्स टेक्नोलोजी जस्ता विशेषताहरू छन्, जसले चालकहरूलाई हरेक यात्रामा आत्मविश्वास र आराम प्रदान गर्दछ।

नेपालमा सीजी मोटर्सले आधिकारिक विक्रेता को रुपमा नेपाली ग्राहकहरूलाई आयोेन भि र आयोेन वाइ जस्ता प्रिमियम इलेक्ट्रिक एसयूभीहरू प्रस्तुत गर्दै आएको छ।