काठमाण्डु- काठमाण्डुको बबरमहलमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सन्चालनमा आएको छ ।
‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आज बिहानबाट सञ्चालनमा आएको हो । आजबाट अब बाटो काट्न पैदल यात्रुले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्नेछन् ।
जिल्ला अदालत काठमाण्डु अगाडिको सडकमा सो प्रविधि जडान भएको छ । जसको लागत १० लाख रुपैयाँ रहेको काठमाण्डु महानगरले जनाएको छ ।
हाल काठमाण्डु उपत्यकाका विभिन्न चोकहरुमा अटोमेटिक ट्राफिक लाइट जडान छन् । पेलिकन क्रसिङले पैदल यात्रुलाई जम्मा गर्ने र एकैचोटी बाटो क्रस गराउने काम गर्ने जनाइएको छ ।




प्रतिक्रिया