बब्लु र मनिष श्रेष्ठमाथि प्रहरी कुटपिटको छानविन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

बब्लु र मनिष श्रेष्ठमाथि प्रहरी कुटपिटको छानविन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्तिको माग गदै प्रदर्शनमा सहभागिहरुमाथि भएको प्रहरी कुटपिट उपर छानविन समिति गठन भएको छ।

उनीहरुलाई सिनियर प्रहरी अधिकृतले कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै महानगरीय प्रहरी कार्यालयले सो घटनाबारे शनिबार समिति गठन गरेको हो।

प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्जको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले बताए ।उनका अनुसार समितिमा प्रहरी नायब उपरीक्षक भवेश रिमाल र प्रहरी निरीक्षक विनोदप्रदीप बस्याल छन्। समितिलाई एक सातासम्म दुवै घटनाको छानविन गरी दोषी देखिएका प्रहरीमाथि कारबाही गर्न कार्यादेश दिइएको पोखरेलले बताए।

बिहीबार माइतिघर मण्डलातर्फ जाँदै गर्दा हन्ड्रेड्स (१००) ग्रुपका बब्लुलाई प्रहरी निरीक्षक केशर न्यौपाने नेतृत्वको टोलीले अमानविय तवरले लाठी र बुटले कुटेका थिए । इन्सपेक्टर न्यौपाने नेतृत्वको टोलीले उनलाई झम्टीझम्टी कुटेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।

त्यस्तै शुक्रवार बिजुलीजार पुलमा उक्त ग्रुपकै सदस्य मनिष श्रेष्ठलाई प्रहरीले निर्घात कुटेका थिए । प्रहरीको कुटाइबाट घाइतेको उनको रक्ताम्मे फोटो, भिडियो पनि सामाजिक सञ्जामा भाइरल छ । श्रेष्ठको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।