आज रिहर्सल, भोलि ड्रामा देखाउँछौं : बाबुराम भट्टराई

आज रिहर्सल, भोलि ड्रामा देखाउँछौं : बाबुराम भट्टराई

के हो बाबुरामले भोलि देखाउने भनेको ड्रामा ?


काठमाडौं – समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराइले आज रिहर्सल भोली ड्रामा देखाउने बताएका छन् ।

समाजवादी पार्टी आज (मंगलबार) सरकारबाट बाहिरिएपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै डा भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले आजको पार्टी निर्णयलाई रिहर्सल मात्रै भनेका छन् भने भोलि (बुधबार) ड्रामा देखाउने बताएका हुन् । उद्यपी उनले ड्रामा भनेर केलाई संकेत गर्न खोजिएको, भोली के ड्रामा देखाउँदैछन्, त्यो विषयमा भने खुलाउन चाहेनन् ।

उनले आजको रिहर्सल र भोलीको ड्रामाबारे बुधबार २ बजे पत्रकार सम्मेलन गरेर जानकारी गराउने बताए । सरकारबाट बाहिरिएपछि समाजवादी पार्टीको संसदीय दलको बैठक सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसिरहेको छ ।