बाबुराम भट्टराईको प्रतिवेदन: आत्मसमिक्षा र आत्मालोचनासहित पार्टीलाई अगाडि बढाउनुपर्छ


काठमाण्डु- नेपाल समाजवादी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी सत्तामुखी नभएको बताएका छन् । पार्टी अन्योल र अकर्मण्यताबाट गुज्रिरहेको निष्कर्ष निकालेको छ।

पार्टी केन्द्रीय समितिको बैठकमा अध्यक्ष भट्टराईले अबको राष्ट्रको संकल्प, नयाँ समाजवादी विकल्प को राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै आफूहरु सत्तामुखी नभएको बताएका हुन् । गम्भीर आत्मसमिक्षा र आत्मालोचनासहित पार्टीलाई अगाडि बढाउनुपर्ने उनले उक्त प्रतिवेदनमा उल्लेख गरेका छन् ।

‘देश भरपर्दो समाजवादी विकल्प निर्माण गर्ने प्रतिबद्धतासहित जनताको बिचमा जाँदैछौं। हामी सत्तामुखी होइन, रूपान्तरणकारी राजनीतिक पक्षधर हौँ। त्यसैले हामी जनताका स्वयंसेवी सेवक हौँ। नयाँ समाजवाद निर्माणको यात्रा निकै लामो र कष्टसाध्य हुन्छ भन्ने कुरा हामीलाई राम्ररी थाहा छ । ‘ग्रिक मिथकको पक्षी फिनिक्सले आफूले आफैँलाई आगो लगाएर नयाँ जन्म लिएझैँ हामीले पनि गम्भीर आत्मालोचनाबाट आफूलाई रूपान्तरण गर्ने प्रयत्न गरेका छौँ।’, डा. भट्टराईले प्रतिवेदनमार्फंत भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement