मत हालेपछि बाबुरामले भने- भष्मासुर प्रवृतिको अन्त्य होस्

मत हालेपछि बाबुरामले भने- भष्मासुर प्रवृतिको अन्त्य होस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा – पूर्वप्रधानमन्त्री डा‍. बाबुराम भट्टराईले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी भएका छन् ।

उनले गोरखा पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि केन्द्रबाट मतदान गरेका हुन् । उनले यस मतदानबाट भष्मासुर प्रवृत्तिको अन्त्य होस् भनेर कामना गरेका छन् ।

‘राम्रा उम्मेदवारहरूले जितून्, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै छेडछाड नहोस्, भष्मासुर प्रवृत्तिको उदय नहोस्, सुशासन र समतामूलक समृद्धिको नयॉ युग सुरू होस्,’ मतदानपछि उनले भनेका छन् ।