वैशाखमा महाधिवेशन गर्ने नेसपाको निर्णय

वैशाखमा महाधिवेशन गर्ने नेसपाको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल समाजवादी पार्टी (नेसपा)ले आगामी वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको छ । डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाले वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

महाधिवेशनको थप तयारीबारे निर्णय लिन नेसपाले केन्द्रीय समिति बैठक बोलाउने भएको छ । त्यस्तै नेसपाले माओवादी केन्द्र लगायत अन्य समाजवादी पार्टीसँग एकता गर्नका लागि वार्ता कमिटीलाई तुस्त दुरुस्त बनाउने निर्णय पनि गरेको छ ।