रविलाई पत्रिकासमेत पढ्न दिँदो रहेनछ, यस्तो त पञ्चायतमा पनि हुँदैनथ्यो : बाबुराम भट्टराई

रविलाई पत्रिकासमेत पढ्न दिँदो रहेनछ, यस्तो त पञ्चायतमा पनि हुँदैनथ्यो : बाबुराम भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–नेपाल समाजवादी पार्टी(नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय स्ततन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन् ।

बिहीबार भट्टराईले भैरहवा कारागार पुगेर लामिछानेलाई भेटेका हुन् ।

भेटेपछि उनले सञ्चारकर्मीहरुसँगको कुराकानीमा एउटा राजनीतिक जनताको प्रतिनिधि भएको मान्छे भागेर पनि सुख पाउँदैन् भन्ने कुराको अनुमान गरेर पनि जमानतमा बाहिर रहेर मुद्दा फेस गर्ने व्यवस्था गर्नुपर्नेे धारणा राखे ।

उनले भने, ‘उहाँमाथि त अन्तिम फैसला भइसकेको छैन । उहाँ न्यायिक हिरासतमा हुनुहुन्छ । कोही मान्छे भाग्छ अथवा थप अपराध गर्छ भन्ने लाग्दा न्यायिक हिरासतमा राख्ने हो । तर एउटा राजनीतिक जनताको प्रतिनिधि भएको मान्छे भागेर पनि सुख पाउँदैन् भन्ने कुराको अनुमान गरेर पनि जमानतमा बाहिर रहेर मुद्दा फेस गर्ने व्यवस्था गर्नुपथ्र्यो भन्ने मेरो बुझाइ हो ।’

उनले जनप्रतिनिधिलाई थुनामा राख्दा जनतालाई अन्याय हुने बताउँदै रविलाई कारागारमा पत्रपत्रिका समेत पढ्न नदिने गरेको पाइएको बताए । उनले भने ‘पत्रपत्रिका ल्याएर दिँदो पनि रहेनछ । हामी त पन्चायतकालमा, पढ्ने गर्थ्यौं । मैले प्रहरीलाई सोधें खै त्यस्तो आदेश छैन भन्नुभयो । कमसेकम सूचनाबाट बन्चित गर्न चाहिँ हुँदैनथ्यो ।’