काठमाण्डु – डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले आगामी निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक चुनावी घोषणापत्र नेसपाले ‘सबैलाई लोकतन्त्र, सबैलाई समृद्धि’ लाई मूल नाराको रुपमा अघि सारेको छ ।
माओवादीको चुनाव चिन्ह हँसिया–हतौडाबाट चुनाव लड्न लागेको नेसपाको घोषणापत्रमा १२ वटा प्रतिबद्धता रहेका छन् । जसमा नयाँ रोजगारी, स्थिर सरकार सुनिश्चित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारीलाई समेटिएको छ ।
सस्तो र भरपर्दो स्वास्थ्य सेवा, सरकारी विद्यालयबाटै प्रविधि र व्यावहारिक सीपयुक्त शिक्षा उपलब्ध गराउने उल्लेखख गरिएको घोषणापत्रमा हरियो, सफा र खुल्ला सहर बनाउने एजेण्डा सो पार्टीले समेटेको छ ।
पूर्णपाठ:




प्रतिक्रिया