वायुसेवा निगम विघटन अपराधिक र राष्ट्रघाती : बाबुराम भट्टराई

वायुसेवा निगम विघटन अपराधिक र राष्ट्रघाती : बाबुराम भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम विघटन गरी व्यापारीलाई दिन लागिएको विषयमा आपत्ती जनाएका छन् ।

डा. भट्टराईले आज ट्वीट मार्फत एउटा निजी हवाई कम्पनीको स्वार्थमा देशको ध्वजावाहक नेपाल वायुसेवा निगमलाई गुपचुप ढंगले विघटन गर्न लागिएको कुरा आपत्तिजनक भएको बताएका हुन्।

उनले ट्वीटरमा लेखेका छन् , ‘एउटा निजी हवाइ कम्पनीको स्वार्थमा देशको ध्वजावाहक नेपाल वायुसेवा निगमलाई गुपचुप ढंगले विघटन गर्न लागिएको कुरा अत्यन्त गम्भीर र आपत्तिजनक छ । संसद र संसदीय समिति क्रियाशील नरहेको मौका छोपेर ओली र उनका आसेपासेहरूले यो दुष्कर्म गर्नु झन् अपराधिक र राष्ट्रघाती छ । सबैतिरबाट प्रतिवाद गरौं । ’’