समाजवादको नयाँ मोडल खोजौँ : डा. भट्टराई

समाजवादको नयाँ मोडल खोजौँ : डा. भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादको नयाँ मोडेल खोज्नुपर्ने बताएका छन् । सोमवार डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत अब बहस त्यहाँसम्म पुग्ने बाटो र जीवन तथा राज्य रहुन्जेल अपनाउने उन्नत प्रणालीमा गर्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘जीवनपछि प्राप्त हुने ‘स्वर्ग’ राज्यको समाप्तिपछि प्राप्त हुने ‘ साम्यवाद’ बारे मथापच्ची नगरौँ! बहस त्यहाँसम्म पुग्ने बाटो र जीवन तथा राज्य रहुन्जेल अपनाउने उन्नत प्रणालीमा गरौँ । अतः साम्यवाद हैन समाजवादवारे कुरा गरौँ । वर्तमान विश्व र नेपालको डोस स्थितिमा समाजवादको नयाँ मोडेल खोजौँ!’