काठमाण्डु – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डीपी अर्यालले सदनलाई उन्नत लोकतन्त्रको अभ्यास गर्ने थलो बनाउने विश्वास व्यक्त गरेका छन्।
अर्याल निर्विरोध सभामुख निर्वाचित भएकोमा बधाई दिँदै उनले यस्तो विश्वास व्यक्त गरेका हुन्।
सामाजिक सञ्जाल फेसबुमा उनले लेखका छन्, ‘हँसमुख र मृदुभाषी स्वभावका धनी श्री अर्यालले आफ्नो कार्यकालमा नेपालको विशिष्ट कालखण्डमा गठित वर्तमान प्रतिनिधिसभालाई उन्नत लोकतन्त्रको अभ्यासको थलो बनाउनुहुनेछ भन्ने विशेष शुभेच्छा।’
सदन लोकतान्त्रिक अभ्यासको थलो बनाउने कि कर्मकाण्डी थलो मात्र बनाउने भन्ने सभामुखको हातमा रहने उनको भनाइ छ।
‘‘सभामुखलाई संसद् सञ्चालन गर्न थुप्रै स्वविवेकीय अधिकार समेत रहने भएकाले सर्वोच्च जनप्रतिनिधि संस्थालाई साँच्चै लोकतान्त्रिक अभ्यासको थलो बनाउने कि कर्मकाण्डी थलो मात्र बनाउने भन्ने सभामुखको हातमा रहने गर्छ। यो कुरा नेपालमा र विश्वभर देखिने गरेको छ’, उनले लेखेका छन् ।




प्रतिक्रिया