काठमाडौं – समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेशका प्रदेश नम्बर तीन को राजधानीको विषयमा गरेको निर्णयको विरोध गरेका छन् ।
उनले पञ्चायतकालीन नाम र स्टालिनको पालामाझैं पार्टीका मुखियाले निर्णय लिइएको आरोप लगाएका छन् ।
‘उही पञ्चायतकालकै नदी, पहाड र मन्दिरको पहिचानका आधारमा प्रदेश बनाउने भए ‘संघीयता’ किन भन्नुपर्यो ? स्टालिनकालमाझैं पार्टीका केन्द्रीय मुखियाले सबै निर्णय गर्ने भए ‘जनताको जनवाद’ वा ‘२१औं शताब्दीको जनवाद’ किन भन्नुपर्यो ? अलिकति विवेक र स्वाभिमान बाँकी छ भने नेकपाका कणहरूले मम: भनून्,’ उनले ट्वीट गरेका छन् ।
नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंटा कायम गर्ने निर्णय गर्दै पार्टीको प्रदेश संसदीय दललाई निर्देशन दिएको थियो ।
उही पंचायतकालकै नदी,पहाड र मन्दीरको पहिचानका आधारमा प्रदेश बनाउने भए ‘संघीयता’ किन भन्नुपर्यो? स्टालीनकालमा झैं पार्टीका केन्द्रीय मुखियाले सबै निर्णय गर्ने भए ‘’जनताको जनवाद’ वा ‘२१औं शताब्दीको जनवाद’किन भन्नुपर्यो? अलिकति विवेक र स्वाभिमान बाँकी छ भने नेकपाका कणहरूले मम: भनून्! https://t.co/ib7qQmfBn8
— Baburam Bhattarai (@brb1954) December 31, 2019




प्रतिक्रिया