भारतीय युनियनको बिरोधमा बाबुराम र छोरी मानसीको समर्थन

भारतीय युनियनको बिरोधमा बाबुराम र छोरी मानसीको समर्थन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली – जवाहरलाल नेहरु विश्व विद्यायलय (जेएनयू) का शिक्षक र विद्यार्थीमा आइतबार राती भएको आक्रमणको बिरोधमा डा. बाबुराम भट्टराई र उनकी छोरी मानसीले साथ दिएका छन् ।

पूर्व प्रधानमन्त्री रहेका भट्टराई र उनकी छोरीको जेएनयूसँग नजिकको सम्बन्ध रहँदै आएको छ । उनीहरु दुवैले दिल्लीको युनिभर्सिटीमा उच्च शिक्षा हासिल गरेका थिए ।

भट्टाराईले १९८६ मा रिजनल प्लानिङ डेभलपमेन्टमा विद्यावरिधि पुरा गरेका थिए भने उनकी छोरीले पनि यसको १ दसकपछि सोही विश्वविद्यालमा अध्ययनका लागि जाने भएकि छन् ।

विद्यार्थी र शिक्षकमाथि भएको आक्रमणको भिडियो पनि अनलाईनमा उपलव्ध रहेको छ । मास्क लगाएका दर्जनौ मानिसले विश्वविद्यालयको होस्टेलमा पसेर आक्रमण गरेका थिए । उनीहरुले पीडितहरुलाई ढुंगा, रड र ह्याम्मरले आक्रमण गरेका थिए ।

आक्रमणमा जवाहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थी युनियनका अध्यक्ष अइसे घोष लगायत केही संख्यामा विद्यार्थी र शिक्षकहरु घाइते भएका छन् ।

डा. भट्टराईले तत्कालै आफ्नो ट्वीटर ह्यान्डलबार पीडित र बिरोधीहरुप्रति सौहार्दता व्यक्त गरेका छन् । ‘जेएनयूको पीडितप्रति मेरो सहानुभूति रहेको छ । कृपया सिकाइको यो पवित्र मन्दिरलाई बचाउनुहोस्,’ उनको ट्वीटमा उल्लेख छ ।