काठमाडौं – आज पृथ्वीनारायण शाहको २९८ औं जन्मयन्ती विविध कार्यक्रम गरेर मनायँदैछ । नेपाल एकीकरणका नायक मानिने शाहको सम्झनामा विभिन्न स्थानमा पृथ्वी जयन्ती तथा एकता दिवस मनाइँदै छ ।
पृथ्वी जयन्तीकै दिन एकीकरणको विषयमा उनकै जिल्लाका पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. बाबुराम भट्टराईले उखु चोरको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा भट्टराईले यस्तो आरोप लगाएपछि उनको तिव्र विरोध भइरहेको छ ।
डा. भट्टराईले शाहलाई देवत्वकरण र दानवीकरण दुबै गर्न नहुने बताएका छन् ।
‘प्रत्येक पुस२७आउँदा पृथ्वीनारायण शाहलाई एकथरिले देवत्वकरण र अर्काथरिले दानवीकरण गर्ने लिगलिगे दौड हुनु शोभनीय भएन । कसैको पनि मूल्याँकन ऐतिहासिक सापेक्षतामा गरिनुपर्छ । १८औं शताब्दीको चेतनामा उनले गरीब गोरखा राज्यविस्तार गरेका हुन् जुन प्रकारान्तरले वर्तमान नेपालराज्य बन्न पुग्यो,’ सामाजिक सञ्जाल ट्वीटरमा बाबुरामले भनेका छन्, ‘राम्रै भयो । त्यही रूपमा उनलाई सम्झे पुग्छ ! धेरै धूपवत्ति गरिरहनुपर्दैन । दरौंदीमा खेल्दा भोकाएर केशव द्वारेको उखु चोर्न बाध्य पृनाको आत्मालाई खुशी पार्ने हो भने उनको जन्मदिनमा छुट्टी हैन १२ घण्टा काम गरेर देशलाई धनी बनाऊँ । अर्कोतिर त्यसवेलाको चेतनामा संघीय राज्य सम्भव थिएन । गाली पनि नगरौं ।’




प्रतिक्रिया