उपसभामुखमा दाबेदार कांग्रेसलाई बाबुरामले भनेः सरकारसँग मागेर नखानू !

उपसभामुखमा दाबेदार कांग्रेसलाई बाबुरामले भनेः सरकारसँग मागेर नखानू !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संघीय समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेसलाई भाग नखोज्न सुझाव दिएका छन् ।

म‌गलबार सभामुखलाई शुभकामना तथा बधाई दिँदै डा भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई प्रतिपक्षको भूमिका निर्वाह गर्न सुझाव दिएका छन् । उनले उपसभामुखमा आँखा नगाड्न पनि कांग्रेसलाई सुझाव दिएका हुन् ।

सत्ता पक्ष र प्रतिपक्ष दुवै आ आफ्नो धर्म निर्वाहका लागि तयार हुनुपर्ने भन्दै अहिले सत्तापक्षले प्रतिपक्षले पेल्ने र प्रतिपक्षले पनि सकेसम्म मागेरै खाने हो देखिएको उल्लेख गर्दै यस्तो बन्न नहुने धारणा राखे ।

उनले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उपसभामुख मागेको संकेत गर्दै प्रतिपक्षले सत्तापक्षसँग मिलेर–मागेर खान नहुने धारणा राखे ।

उनले प्रजातान्त्रिक मुलुकमा सदन विपक्षको भएको उल्लेख गरे ।