काठमाडौं – समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नारायणकाजी श्रेष्ठको गुटले पहिले माओवादी केन्द्र सिध्याएका र अब सत्तारुढ नेकपालाई पनि त्यस्तै हालतमा पुर्याउने चेतावनी दिएका छन् ।
इन्टरनेट सामाजिक सञ्जाल ट्वीटरमा बिहीबार बिहान एक ट्वीट गर्दै डा. भट्टराईले कोरोना भाइरसका कारण परीक्षा रोक्ने शिक्षामन्त्री गिरीराजमणि पोखेरलको निर्णयमाथि प्रश्न उठाउँदै नेकपा प्रवक्ता श्रेष्ठमाथि प्रहार गरेका हुन् ।
‘उहिलेका श्री ३ ले अहिलेका श्री ३ झैं अघिल्लो दिन हैन, केही दिन पहिल्यै परीक्षा रोके होलान् !, ती कुरो केही दिनअघि गरेको भए विद्यार्थी/अभिभावक कति तनावमुक्त हुन्थे ? कति खर्च बच्थ्यो ? यो काजी गुटको काम सधैं शिक्षा वा स्वास्थ्य मन्त्रालय लिनेः गुट चलाउने हो ! माके सिध्यायो ! अब नेकपा सिध्याउँछ !’, उनले भनेका छन् ।
बाबुराम र नारायणकाजी गोरखाका हुन् । प्रतिनिधिसभाको निर्वाचनमा उनीहरु प्रतिद्वन्द्वीसमेत हुन् । बाबुराम पछिल्लो समय नारायणकाजीविरुद्ध आक्रमक हुँदै आइरहेका छन् ।
उहिलेका श्री३ले अहिलेका श्री३झैं अघिल्लो दिन हैन केही दिन पहिल्यै परी़क्षा रोके होलान्!यति कुरो केही दिन अघि गरेको भए विद्यार्थी/अभिभावक कति तनावमुक्त हुन्थे?कति खर्च बच्थ्यो?यो काजी गुटको काम सधैं शिक्षा वा स्वास्थ्य मन्त्रालय लिने;गुट चलाउने हो!माके सिध्यायो!अब नेकपा सिध्याउँछ! https://t.co/Nywm9PE5q1
— Baburam Bhattarai (@brb1954) March 19, 2020




प्रतिक्रिया