प्रधानमन्त्री र नारायणकाजीले एक वर्षको तलब नलिने घोषणा गरेपछि बाबुराम ‘असन्तुष्ट’

प्रधानमन्त्री र नारायणकाजीले एक वर्षको तलब नलिने घोषणा गरेपछि बाबुराम ‘असन्तुष्ट’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसहित वरिष्ठ नेताहरुले सरकारी तलब नलिने घोषणा गरेसँगै आपत्ति जनाएका छन् ।

डा् भट्टराईले सरकारी तलब भत्ता नलिने ठुला नेताको विलासी रहनसहन र चुनाव कसरी चल्छ भनेर प्रश्न गरेका हुन् ।

प्रधानमन्त्री ओली र नेकपाका प्रवत्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले आफ्नो पारिश्रमिक कोरोना कोषमा जम्मा गर्ने घोषणा गरेपछि भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।

उनले चुनावको खर्च र विलासी रहनसहन कसरी चल्न त्यो बताउँदा राम्रो हुने पनि बताएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘प्रम लगायत कतिपय बड़े नेताहरूले आफ्नो दृश्य तलब÷भत्ता पूरै त्याग्ने घोषणा गर्नु राम्रो हो।त्यससंगै आफ्नो कुनै पैतृक सम्पत्ति, बचत र वैध कमाइ नहुनेहरू( कमसेकम संसद/सरकारलाई बुझाएको सम्पत्ति विवरणमा नदेखिने !) को विलासी रहनसहन र चुनावको खर्च कसरी चल्छ त्यो पनि बताउँदा राम्रो होला कि ?’