प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा बाबुराम, भन्छन्ः नमरेसम्म भनिरहन्छु !

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा बाबुराम, भन्छन्ः नमरेसम्म भनिरहन्छु !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संघीय समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको माग गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले समस्या उठाएर मात्र आफू पानीमाथिको ओभानो बन्न नमिल्ने धारणा राख्दै समस्या समाधानका लागि ४ सुझाव दिएका छन् ।

उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक संसद, जनलोकपाल र चुनावी खर्च राज्यद्वारा तिर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

उनले ट्विट गर्दै भनेका छन्, ‘समाधानका निम्ति मैले निरन्तर उठाएका यी चार कुरा पूरा गरौं – १. प्रत्यक्ष निर्वाचित राष्ट्रपति, २. पूर्ण समानुपातिक संसद, ३. जनलोकपाल, ४. चुनावी खर्च राज्यद्वारा । यो नमरेसम्म भनिरहन्छु ! जो विचार !’