समाजवादी पार्टी सरकारबाट बाहिरिन्छ: बाबुराम भट्टराई

समाजवादी पार्टी सरकारबाट बाहिरिन्छ: बाबुराम भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा – समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकार छाड्ने चेतावनी दिएका छन् । उनले पार्टीको अब बस्ने केन्द्रीय समिति बैठकले सरकारबाट बाहिरिने निर्णय औपचारिक रूपमा गर्ने बताए ।

गृहजिल्ला गोरखामा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै डा. भट्टराईले आफूहरू सत्ताको साझेदारको रूपमा नभई संविधान संशोधनका लागि दुई तिहाइ पुर्याउन सरकारमा सामेल भएको पनि उल्लेख गरे ।

‘प्रधानमन्त्रीले संविधान संशोधनको कुरा गर्नेलाई छेडखानी गर्नुहुन्छ । यो त दिनदिनै गाइरहने गीत हो भन्नुहुन्छ,’ उनले भने, ‘डेढ वर्ष भइसक्यो अब सरकारमा बसिराख्नुको औचित्य छैन, सरकार छाडेर जनताको बीचमा जान्छौं ।’

फरक प्रसंगमा भट्टराईले एकपछि अर्का सांसद पक्राउ पर्नुले लोकतन्त्रको छवि बिगारेको बताए । ‘लोकतन्त्र छ र त सभामुख भएको मान्छेसमेत पनि गल्ती र्गयो भने समातिन्छ भन्ने सन्देश गएको छ,’ उनले भने ।