काठमाडौं – जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीले बाहेक अरुले हटाउन सक्ने व्यवस्था संविधानमा नभएको बताएका छन् ।
आइतबार मदन भण्डारीको ६९औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन दिल्ली र चलखेल सुरु भएको बताएका थिए ।
भट्टराईले ट्विटरमा लेखेका छन्, ‘बहुमत प्राप्त प्रम केपी शर्मा ओलीलाई आफ्नै पार्टीले बाहेक अरूले हटाउन सक्ने व्यवस्था हाम्रो संविधानमा छैन ।’
त्यस्तै उनले प्रधानमन्त्री ओलीलाई सरकारबाट हटाउने चित समय चाँही कहिले हो ? भन्दै प्रश्न गरेका छन् । ‘अहिले हटाए नक्सा छापेको करणले हुने । भोलि सलहले दुख दिएको बेला हुने । पछि बाढीपैरो आएको बेला हुने । अलिपछि दशैंतिहारको बेला हुने । अनि जाडोको बेला हुने । उचित बेला चैं कैले रच हँ ?’उनले प्रश्न गरेका छन् ।




प्रतिक्रिया