डा. केसीलाई भेटेर बाबुरामले भनेः सरकार आँखा खोल !


काठमाण्डु – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यअवस्थाबारे जानकारी दिएका छन् ।

डा. भट्टराईले त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा. केसीका मागप्रति एक्यबद्धता प्रकट गरेका छन् । डा. भट्टराईले उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको र सरकारले कुनै चासो नदिएको प्रति आक्रोश व्यक्त गरेका छन् ।

‘अरूको स्वास्थ्यका लागि आफ्नो जीवन जोखिममा राख्दै अनसनरत डा.गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दैछ । १९औं सत्याग्रहको १७औं दिनसम्म राज्यले उहाँको जायज माग र जोखिमउन्मुख स्वास्थ्यस्थितिबारे कुनै चासो नराख्नु अमानवीयताको पराकाष्ठा हो’, उनले भने ।

डा. भट्टराईले डो केसीको जीवन रक्षा गर्न पनि सरकारसँग माग गरेका छन् । उनले ‘डा. केसीका मागप्रति सरकार आँखा खोल !’ भन्द्यै आक्रोश व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement