बाबुरामले भनेः ‘रिमुभ’ केपी ओली

बाबुरामले भनेः ‘रिमुभ’ केपी ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्राईले कोरोना भाइरसको महामारीले थला परेका जनतामाथि सरकारले राहतका कार्यक्रम नल्याएको बताएका छन् । उनले जनताको काम गर्ने सरकार किन चाहियो ? भन्दै ‘रिमुभकेपीओली’ अभियान चलाएका छन् ।

सोमबार ट्वीटमार्फत डा. भट्टराईले कोरोना उपचारखर्च आफैं, बेहोस भए मात्रै अस्पताल जाऊ, महिनौंदेखि स्कूल–कलेज बन्द भएर अलपत्र परेका विद्यार्थी जेसुकै गर भन्नु सरकारको निर्लज्जापन भएको बताए । उनले सरकारले आसेपासेलाई कमिसन र भत्ता बाँड्ने काम गरेको बताए ।

‘कोरोना उपचारखर्च आफैं व्यहोर ! वेहोस भए मात्रै अस्पताल जाऊ ! वेरोजगार श्रमिक रूॅदै गाऊॅ फर्क ! भारतबाट फर्केका श्रमिक भोकै परेपछि दशैंको मुखमा भारततिरै फर्क !’, उनले भने, ‘महिनौंदेखि स्कूल–कलेज बन्द भएर अलपत्र परेका विद्यार्थी जेसुकै गर ! आसेपासेहरू कमिसनरभत्ता डकार ! यस्तो सरकार किन चाहियो ? #RemoveKPOli