बाबुरामलाई चिन्ताः नेपाल विश्वबाटै हराउने हो कि !

बाबुरामलाई चिन्ताः नेपाल विश्वबाटै हराउने हो कि !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल विश्वबाट लोप हुने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

बिहीबार ट्वीटरमार्फत जनता समाजवादी पार्टीको संघिय परिषद अध्यक्षसमेत रहेका भट्टराईले अमेरिकी विदेशमन्त्री माइक पोम्पीओको भारत भ्रमणमा आए पनि नेपाल नआएको भन्दै यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

उनले भारतीय र‘अ प्रमुखको नेपाल भ्रमणलाई लिएर विवाद सिर्जना भइरहेका बेला शक्तिशाली राष्ट्रका नेताहरु नेपाल नआएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

‘अहिले देशमा को आयो र गयो भनेर रोइलो चलिरहेको वेला मचाहिं हाम्रो देश विश्व/क्षेत्रीय सामरिक राडारबाटै हराउने हो कि भन्ने चिन्तामा पो छु’, उनले भनेका छन् ।

उनले नेपालभन्दा कयौं गुणा सानो देश माल्दिभ्स र रुआण्डामा शक्ति राष्ट्रका नेताहरु ओइरो लाग्ने तर, नेपालमा खै ? भन्दै प्रश्न गरेका छन् ।

‘हाम्रो आँगन जत्रो माल्दीभ्स र रूआण्डामा शक्तिराष्ट्रका नेता ओइरिने तर हामीकहॉ खै ? तपाईंको घरमा मुसो र भिखारी पनि आएन भने आफ्नो हैसियत बुझ्नूस्’, उनले भनेका छन् ।