काठमाण्डु – जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्धानमन्त्री डा. बाबुराम भट्टराईले परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीको अभिव्यक्तिबारे आपत्ति जनाएका छन् ।
सोमबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत अध्यक्ष भट्टराईले संविधानको नाम‘नेपालको संविधान’ भएकाले देशको नाम ‘संघीय लोकतान्त्रित गणतन्त्र नेपाल’लेख्न संविधान संशोधन गर्नुपर्छ भन्ने अभिव्यक्तिको विरोध गरेका हुन् ।
‘संविधानको नाम‘नेपालको संविधान’ भएकाले देशको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’लेख्न संविधान संशोधन गर्नुपर्छ भन्ने परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीको भनाइ मिलेन है । ती अलग अलग वा एउटै हुनसक्छन् । अन्तर्राष्ट्रिय प्रचलन हेरौं । एउटा गल्ती छोप्न अरू गल्ती ?, उनले भने ।




प्रतिक्रिया