काठमाण्डु – जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पत्नी हिसिला यमी कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।
विगत एक महिनादेखि कोरोना संक्रमणसँग लडिरहेका भट्टराई दम्पती संक्रमण मुक्त भएका हुन् । उनले कोरोना संक्रमणलाई एक्लाएक्लै जित्न नसकिने बताएका छन् । उनले संयुक्त रूपमा कोरोना संक्रमणविरुद्ध लड्नुपर्ने बताए ।
‘एक महिनापछि कोरोनासंग हामी दुवैले युद्धविराम गरियो र नेगेटिभरिपोर्ट प्राप्त गरियो । यो युद्धविराम हो, विजय हैन’, उनले भनेका छन्, ‘यो महाब्याधीलाई एक्लाएक्लै जित्न सकिन्न, मानवजातीले संयुक्त रूपमा जित्नुपर्छ । अतः सबैले नियमित सुरक्षा विधि जारी राखौं । शुभकामना र विविध सहयोग गर्नुहुने सबैलाई मुरीमुरी धन्यवाद ।’




प्रतिक्रिया