माओवादी र मधेसवादीलाई ओलीले ९ महिनामा फालेर हिरो बनेः बाबुराम भट्टराई

माओवादी र मधेसवादीलाई ओलीले ९ महिनामा फालेर हिरो बनेः बाबुराम भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनयुद्ध र मधेस विद्रोहलाई सत्तोसराप गर्ने नेताले देश विकास गर्न नसक्ने बताएका छन् ।

सोमबार बिहान ट्वीट गर्दै डा. भट्टराईले विश्व इतिहाससिद्ध तथ्यको उदाहरण दिँदै राष्ट्रिय विमर्शमा दुई वटा कुरालाई महत्वपूर्ण स्थान दिनुपर्ने बताएका हुन् ।

‘हाम्रो राष्ट्रिय विमर्शमा यी दुई कुरा खै ? १. समाज विकासको सार्वभौम नियम निरन्तरता कि आवधिक क्रमभंगता ? विश्व इतिहाससिद्ध तथ्य भन्छ–निरन्तरतामा क्रमभंगता अर्थात् आवधिक रचनात्मक ध्वंस’, उनले भनेका छन्, ‘हामीकहॉ चैं जनयुद्ध, मधेस विद्रोहलाई बढी सत्तोसराप गर्ने झन् ठूलो नेता,विद्वान कहलिन्छ । अनि देश बन्छ ?’

त्यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै संघीय गणतन्त्रको नेतृत्व गर्ने माओवादी र मधेसवादीलाई नौ महिनामा फालेर ओली हिरो बनेको बताएका छन् । डा. भट्टराईले ओली नेतृत्वको सरकारबाट देश विकास नहुने बताएका छन् ।

‘२. इतिहास भन्छ–क्रान्तिपछि केही दशक क्रान्तिकारीहरूको नेतृत्व रहेमात्र नयॉ संरचना संस्थागत हुन्छन र देश बन्छ । हामीकहॉ पहिलो क्रान्तिको नेतृत्व गर्ने बिपीलाई महेन्द्रले १८ महिनामा फाले । पछि संघीय गणतन्त्रको नेतृत्व गर्ने माओवादी/मधेसवादीलाई ९ महिनामा ओलीले फाले र हिरो बने । अनि देश बन्छ ?’, उनले भनेका छन् ।