काठमाण्डु – जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा अोलीको गैरसंवैधानिक कदम सच्याउने आशा व्यक्त गरेका छन् ।
बुधबार ट्वीटरमार्फत अध्यक्ष भट्टराईले आजबाट सबैको ध्यान सर्वोच्च अदालततिर हुने भन्दै संसद विघटनको मुद्दा सच्याउने आशा व्यक्त गरेका छन् । उनले लोकतन्त्रको रक्षा गर्ने सजिलो बाटो अदालतको निर्णय हुनसक्ने आँकलन गरेका छन् । त्यस्तै उनले सर्वोच्चबाट उल्टो निर्णय भए अरू बाटो रोज्ने चेतावनीसमेत दिएका छन् ।
‘ओलीको गैरसंवैधानिक कदम सच्याउने र नेपाली जनताले इतिहासमा पहिलो पटक संविधानसभा मार्फत निर्माण गरेको संविधान र गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता,समावेसी लोकतन्त्रको रक्षा गर्ने सजिलो बाटो सम्मानित अदालतको निर्णय हुनसक्छ । अरू बाटो रोज्न नपरोस्’, उनले भने ।
आजदेखि सबैको आॅखा सर्वोच्च अदालततिर हुनेछ!ओलीको गैरसंवैधानिक कदम सच्याउने र नेपाली जनताले इतिहासमा पहिलो पटक संविधानसभा मार्फत निर्माण गरेको संविधान र गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता,समावेसी लोकतन्त्रको रक्षा गर्ने सजिलो बाटो सम्मानित अदालतको निर्णय हुनसक्छ!अरू बाटो रोज्न नपरोस्!
— Baburam Bhattarai (@brb1954) January 6, 2021




प्रतिक्रिया